‘मिस ट्यालेन्ट’ को उपाधि जापानको पोल्टामा, शृंखलाले दिइन् बधाइ
सहयात्रा टिभी
काठमाण्डौं । मंसिर–१३, चीनमा आयोजना भइरहेको मिस वर्ल्ड प्रतियोगिता अन्तर्गतको महत्वपूर्ण विधा ‘मिस ट्यालेन्ट’ को उपाधि जापानकी कनाको डेटले हात पारेकी छन् । जापानी सुन्दरी कनाको डेटले सुन्दर ओपेरा गायन प्रस्तुत गर्दै अवार्ड जितेकी हुन् ।
यससँगै मिस वल्र्ड २०१८ को फाइनल ९टप ३०० मा पुग्ने उनी दोस्रो प्रतियोगी बनेकी छन् ।कनाकोको प्रस्तुतिले जजहरुलाई मोहित बनाएको थियो । उनीहरुले उठेर ताली बजाएका थिए ।
नेपालबाट प्रतिनिधित्व गरिरहेकी शृंखलाले फेसबुकमा कनाकोलार्ई बधाई दिएकी छन् । उनको प्रस्तुतिमा आफ्नो आँखा रसाएको भन्दै शृंखलाले लेखेकी छन्, ‘तिमी यो अवार्डको हकदार थियौ ।’ श्रृंखला मल्टिमिडिया अवार्डको प्रमुख दावेदार हुन् । यो अवार्डका लागि भोटिङ गर्ने आज अन्तिम दिन हो । शृंखलाले अहिलेसम्म ३५ प्रतिशत भोट पाइरहेकी छन् ।