आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक समस्या देखिन सक्छ । भौतिक वस्तुको अभावमा काममा बाधा देखिए पनि मेहनेतले काम हात लिन सकिनेछ । अध्ययनमा मन जानेछ । खर्चमा वृद्धि हुनेछ । परिवारको आवश्यकता पुरा गर्न सकिएला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
चुनौतिहरु देखिन सक्छन् । बलभन्दा बुद्धिको प्रयोग गरि काम गर्नुहोला । शुभचिन्तकहरुले साथ नदिँदा मनमा खिन्नता उत्पन्न हुन सक्छ । रमाइलो यात्राका विचमा साथीभाइसँग भेट हुनाले मनमा हर्ष छाउनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
अध्ययनबाट सन्तोषजनक नतिजा हात लाग्नेछ । नयाँ साथी बनाउन सकिने सम्भावना छ । काममा केहि बाधा देखिएला । निणर्य गर्दा सोचविचार गर्नुहोला । बोलिबचनमा ध्यान दिनुपर्ला । गोप्य कुराहरु गोप्य नै राखेको राम्रो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसर प्राप्त भएपनि धेरै दौडधुप गर्नु पर्नेछ । प्रिय व्यक्तिको साथले काम रमाइलोका साथ सम्पन्न हुनेछ । साथीभाईहरुको साथ पाइनेछ । मिष्ठान्न भोजनको योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादास्पद क्षेत्रमा अल्झन सकिनेछ, सतर्क रहनुहोला । पारिवारिक असमझदारीले काममा समेत बाधा पु¥याउन सक्छ । खर्चमा वृद्धि हुने सम्भावना छ । अध्ययनको क्षेत्रमा राम्रै नतिजा देखिएको छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
खर्च बढ्नेछ । एउटै काम दोहो¥याएर गर्नु पर्ला । सोचेजस्तो काम नहुने हुँदा मनमा खिन्नता उत्पन्न हुन सक्छ । आफ्नो कमजोरिको फाइदा उठाउनेहरुबाट सतर्क रहनुहोला । शिर्जनात्मक कामले प्रतिष्ठामा वृद्धि गराउनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको मन जितेर काम लिन सकिनेछ । मेहनेतले काम बन्नुको साथै प्रतिष्ठामा समेत वृद्धि गराउनेछ । रमाइलो यात्राको अवसर प्राप्त होला । परिवारलाई समय दिन सकिनेछ । मिष्ठान्न भोजनको योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। नयाँ कामको थालनि गर्न सकिनेछ । टाढाका आफन्तहरुसँग भेट हुनेछ । धार्मिक यात्राको अवसर छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। प्रतिष्ठामा वृद्धि हुनेछ । सोचेको काम बन्नाले मनमा हर्ष छाउनेछ । मित्रता र प्रेमको सम्बन्ध मजबुत हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ। अध्ययनतर्फ मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ।

प्रकाशित : 30 November, 2018

प्रतिक्रिया दिनुहोस्