पीएचडी गर्न लागेका पुरुषले धेरै मुख चलाएको भन्दै पत्नीको जिब्रो काटिदिए

एजेन्सी । मंसिर–१४, उत्तर प्रदेशको कानपुरस्थित बर्रा क्षेत्रमा एक पुरुषले आफ्नी श्रीमतिको जिब्रो काटिदिएका छन् । पीएचडी गर्न लागेका आकाश नामका पुरुषले पत्नीको जिब्रो कैँचीझैँ चलेको आरोपमा जिब्रो नै काटिदिएका हुन् ।
गत वर्ष मात्र आकाश र बन्दनाको धुमधाम विवाह भएको थियो । बिहेपछि उनले पत्नीलाई पटक–पटक दाइजोको निहुँमा प्रताडना दिने गरेको र टाउको फुट्नेगरी कुट्ने गरेका थिए ।
गत नोभेमबर ६ मा दीपावलीको एक दिनअघि उनले पत्नीलाई जबरजस्ती नशालु पदार्थ खुवाए अनि लठ्याएर जिब्रो काटिदिए । पीडित वन्दनाको छिमेकीहरुले उद्दार गरेका थिए । पीडक लोग्नेलाई प्रहरीले गिरफ्तार गरेको छ ।