मिस वर्ल्डको हेड टु हेडमा पराजित भइन श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने बाँकी

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१६, मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डबाट बाहिरिएकी छन्। श्रृंखला फाइनल राउण्डमा सिंगापुरसंग पराजित हुदै अन्तिम ३० भित्र पर्न असफल भएकी छन्।

यसअघि मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डको यात्रा तय गर्न सफल २० समूहध्ये १३औं समूहको विजेता बन्दै श्रृंखला दोस्रो राउण्डमा पुगे पनि प्रश्न उत्तरको सो राउण्डमा जजले सिंगापुरकि सुन्दरीलाई विजयी बनाएका हुन्।

हेड टु हेड च्यालेन्जबाट अन्तिम ३० मा छानिएका १० देशमा फ्रान्स, फिलिपिन्स, बंगलादेश, लेबनान, गौदेलोउप, भारत, सिंगापुर, बुल्गेरिया, ट्रीनिडाड एण्ड टोबागो र युगान्डा छानिएका छन्।

अब श्रृंखलाको सेमीफाइनलको ३० जनामा पुग्न ब्यूटी विद पर्पस र मल्टिमिडिया प्रतिष्पर्धामा जितेमा पुग्ने सम्भावना बाँकी नै रहेको छ । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ ।

प्रकाशित : 2 December, 2018

प्रतिक्रिया दिनुहोस्