बालोन डे’ ओर अवार्ड पहिलो पटक मोडरिचको हातमा
सहयात्रा टिभी
एजेन्सी । मंसिर–१८, क्रोएसियन खेलाडी लुका मोडरिचले बालोन डे’ ओरको अवार्ड जितेका छन्। मंगलवार बिहान फ्रान्स फुटबल म्यागाजिनले प्रदान गरेको अवार्ड मोडरिचले पहिलो पटक जितेका हुन्।
जुनरजुलाईमा रसियामा भएको विश्वकपमा क्रोएसियालाई फाइनल पुर्याउन नेतृत्व गरेका मोडरिचले फिफा द बेस्ट अवार्ड पनि जितेका थिए।
सन् २००७ मा ब्राजिलका काकाले जितेयता यो अवार्ड रोनाल्डो र मेसीले मात्र जित्दै आएका थिए। यी दुईले कीर्तिमानी पाँच-पाँच पटक यो अवार्ड जितेका छन्।
त्यसैगरि यसै वर्षदेखि प्रदान गर्न सुरु गरिएको महिला बालोन डे’ ओरको अवार्ड नर्वेका स्ट्राइकर अदा हेगेरवर्गले जितेकी छिन्।
फ्रान्सेली क्लब लियोनले महिला च्याम्पियन्स लिगको फाइनल जित्दा हेगेरवर्गले पनि गोल गरेकी थिइन्।
यसैगरी पहिलो पटक प्रदान गरिएको कोपा अवार्ड फ्रान्सका एमबाप्पेले जितेका छन्।


