हिंसाविरुद्ध बोल्न थाले पीडित महिला

काठमाण्डौं । मंसिर–१९, आफन्तलाई लिन बसपार्क पुगेकी शर्मिला कँडेललाई एक पुरुषले मोटसाइकलमा आएर सोधे ‘बहिनी जाने हो ? कति पैसा लिन्छौ ?’
उनलाई झनक्क रीस उठ्यो र ती पुरुषलाई उल्टै प्रतिप्रश्न गरिन ‘‘बरु तपाईं चाहीँ भन्नुहोस् कति पैसा लिनुहुन्छ ?’’ ती पुरुष बोलेनन् र सरासर आफ्नो बाटो लागे । गाउँदेखि काठमाडौँसम्म अनि आफन्तदेखि नचिनेकासम्मको हिंसा उनले धेरै सहिन । अहिले भने उनी हिंसाको प्रतिवाद गर्न थालेकी छन् । उनले भनिन, “हिंसा गर्नेलाई चुप लाग्दा फेरि पनि आफैँलाई वा अरुलाई हिंसा गर्छ तर हामीले प्रतिवाद ग¥यौँ फेरि उसले हिम्मत गर्दैन ।”
बाल्यकालदेखि नै हिंसा सहँदै आएका महिला खुलेर हिंसाको विरोध गर्न थालेका छन् । हिंसा सहँदा पटक/पटक दोहोरिने भए पनि हिंसाको विरुद्ध आवाज उठाउँदा हिंसा अन्त्य हुने पीडित बताउँछन् । घर परिवारमा महिलाले बोल्नु हुँदैन सबै कुरा सहनुपर्छ भनेर सिकाएकै कारण पीडा भोगेको भन्दै उनीहरुले अहिले भने हिंसाका विरुद्ध आवाज उठाउन थालेका हुन ।
लोकदोहोरी गायिकासमेत रहेकी कँडेलको इच्छा नहुँदा नहुँदै सात कक्षामा पढिरहँदा विवाह भयो । विवाहपछि उनले कहिले दाइजोको निहुँमा त कहिले छोरा नपाएको भन्दै पटक/पटक हिंसा सहनुप¥यो । गर्भवती हुँदा समेत श्रीमान्ले प्रत्येक रात जबरजस्ती गर्दासमेत उनले माइतीको इज्जत राख्न भन्दै आवाज उठाउन सकिनन ।
एउटी छोरीलाई जन्म दिएपछि श्रीमान् र उनको परिवारले उनलाई झुक्काएरै गर्भपतन गराउन पोखरा पु¥याए । सहमति पत्रमा हस्ताक्षर गर्दा थाहा पाएरै त्यहाँबाट भागेको दिन सम्झँदा उनी अहिले पनि भक्कानिन पुग्छिन् ।
घर फर्किएपछि श्रीमान्ले उनलाई घाँसको भारीसहित भीरबाट धकेलेर लडाउन प्रयास गरे । उनले भनिन, “लडेको ठाउँमा माइती पट्टिका आफन्तले भेटेर मात्रै बाँच्न सकेँ ।” कहिले छोरी मान्छे भएर जन्मेपछि सहनैपर्छ भनेर त कहिले विद्रोह गर्दा माइतीको इज्जत जान्छ भनेरै उनले धेरै वर्ष मौनतामा बिताइन ।
सन्तानलाई नै जोगाउन नसक्ने भएपछि भने उनले रु एक हजार एक सयमा सीमा बेचेर घर छाडिन । दोहोरी साँझमा पहिले वेयटर र पछि गायिकाका रुपमा काम गर्न थालिन । उनले भनिन, “हिम्मत गरेर बोलेकैले अहिले दुई छोरी पढाउन सकेकी छु ।”
शर्मिला जस्तै ललितपुरकी शशीकला सुवेदीले पनि कहिले परिवारकै सदस्य त कहिले आफन्त र कहिले छिमेकीबाट हिंसा भोग्नुपरेको थियो । दिदीहरुको १३ वर्षमा बिहे भएपछि उनको पनि चाँडै बिहे गरिदिने परिवारको इच्छा थियो । उनले भने पढाइ पूरा गर्ने इच्छा राखिन । प्रवेशिकापछि मामाघरमा बसेर पढ्दा उनीमाथि मामाकै कुदृष्टि प¥यो । विद्यालय पढाउँदा पढाउँदै उनले ट्युसन पढाउन थालिन ।
ट्युसन पढ्ने विद्यार्थीको अभिभावकले गलत दृष्टिकेणले हेर्न थाले । परिवारले उनको इच्छा विपरीत सौता र छोराछोरी भएकालाई विवाह गरेर दिए । उनले सन्तानको इच्छा राखेपनि पूरा भएन । उनले भनिन, “श्रीमानले सन्तान नचाहेका रहेछन्, जबरर्जस्ती गर्भपतन गराए ।’’ आमा बन्ने अधिकार खोसिँदा पनि उनी बोल्न सकिनन ।
सिङ्गो जिन्दगी सहेर बसे पनि अहिले उनी खुलेर हिंसाका विरुद्ध बोल्न थालेकी छन् । आफूले जस्तै पीडा अरुले भोग्न नपरोस् भनेर पनि उनी हिंसाका विरुद्ध बोल्न प्रेरित गर्न थालेकी हुन । उमेरमा बोल्न नसकेका कुरा कपालका रौं फुल्दै जाँदा बोल्ने हिम्मत आएको देबु पराजुली बताउँछिन । पाँच वर्षको हुँदा पोलियोबाट पीडित भएपछि उनले धेरै अवसरबाट वञ्चित हुनुप¥यो ।
अहिले काठमाडौँ जस्तो विकसित शहरमा त भौतिक पूर्वाधार छैन भने त्यतिबेला उनलाई बाबुआमाले विद्यालयसम्म बोकरै पढाएका थिए । उनले भनिन, “डुँडीलाई बोकीबोकी पढाएर के चैँ गर्ने हो र रु भनेर गाउँले र आफन्तहरुले भन्दा बुबा रुनुभएको मैले धेरैपटक देखेको छु ।”
जागिरमा लिखितमा नाम निस्कँदा समेत धेरै पटक अपाङ्गता भएकै कारण उनी अन्तरवार्तामा छनोट भइनन । उनका उमेरका सबैको विवाह हुँदा पनि अपाङ्गता भएकै कारण उनको विवाह भएन । अहिले पनि उनीलाई सामाजिक सञ्जालका साथी भेट्न हुरुक्कै हुन्छन् । उनीहरु भेटेपछि भने अपाङ्गता देखेपछि आफैँ टाढा हुन थाल्छन् । उनले भनिन, “एउटी राम्री केटी देख्नेले मलाई देख्दा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने बुझ्नकै लागि म भेट्ने गर्छु ।”
शताब्दीऔँंदेखिको महिलाको मौनताको इतिहास विस्तारै मेटिदैछ । सानैदेखि भविष्यमा ‘अरुको घरमा जानुपर्छ’ भन्दै परिवारले महिलालाई मौन बस्न सिकाउँछ । विवाहपश्चात पनि कहिले आफ्नो त कहिले माइतीको इज्जतका लागि मौन बस्नेहरु खुलेर हिंसाविरुद्ध बोल्न थालेका हुन् । रासस