अश्लीलता प्रदर्शन गरेको अभियोग युवती पक्राउ
एजेन्सी । मंसिर–२०, भारतको केरलास्थित विवादित सबरीमाला मन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्ने एक युवतीलाई पुलिसले पक्राउ गरेको छ । ३२ वर्षकी रेहाना फातिमा नामकी युवतीले सवरीमाला मन्दिर जाने समयमा फेसबुकमा एक तिघ्रा देखिएको फोटो पोष्ट गरेको आरोपमा पक्राउ परेकी हुन् ।
टेलिकम टेक्निसियनको रुपमा काम गर्ने ती युवती मोडेल पनि हुन् । सबरीमाला मन्दिरमा रजश्वला हुने उमेरका किशोरी तथा भैसकेका महिलाहरु अर्थात् १० देखि ५० वर्ष उमेरका महिलाको लागि प्रवेश निषेध छ ।
गत हप्ता सबरीमाला मन्दिर जाने बाटोमा उनले आफ्नो तस्वीर खिचेर फेसबुक अकाउन्टमा अपलोड गरेकी थिइन् । उक्त तस्वीरमा उनी कालो कपडामा रहेकी छिन् । उनको निधारमा चन्दन लगाइएको छ भने तल्लो भागका छोटा कपडाका कारण तिघ्रा देखिएका छन् ।
उनको उक्त तस्वीरले सबरीमाला मन्दिरका भगवान अर्थात् स्वामी अयप्पाको मजाक उडाएको र धार्मिक भावनामा चोट पूराएको आरोप लगाइएको छ । उनीमाथि अश्लीलता प्रदर्शन गरेको अभियोग पनि रहेको छ ।