आज सेयर बजार ३ अङ्क बढ्यो

काठमाण्डौं । मंसिर–२०, साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.७० अङ्कले बढेको छ । बैङ्कको ब्याजदर १३ प्रतिशतसम्म बढे पनि बिहीबारको सेयर बजारमा त्यसको खासै प्रभाव परेन । आज नेप्से २.७० अङ्क बढ्दै ११२०.८४ अङ्क कायम भएको हो ।
कारोबार सुरु भएदेखि घट्न थालेको बजार ९ अङ्कको गिरावटपछि सुधारिएको थियो । बजार लगातार घटेपछि बढ्दै ८ अङ्कसम्म बढेको बजार फेरि ओरालो लागेको थियो । त्यसयता स्थिररुपमा ओरालो लागेको नेप्से ३ अङ्क बढेर बन्द भएको हो ।
नेप्सेमा १६२ कम्पनीको ४ हजार १ सय ७० कारोबारबाट १३ लाख ७४ हजार सेयर खरिदबिक्री भई ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएको १० समूहमध्ये ८ समूह उकालो तथा २ समूह ओरालो लागेका छन् ।