सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो
सहयात्रा टिभी
एजेन्सी । मंसिर–२१, अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको केन्द्रीय कार्यालयमा बम राखिएको भन्दै एकजना अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएपछि हंगामा मच्चिएको छ भने प्रहरीले कार्यालय खाली गराएको छ ।
स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए ।
सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो । टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी कार्यालय आखी गरिएको हो । गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो ।एपी