=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


बलात्कारको आरोपमा दुई जनालाई साढे तीन वर्ष कैदको सजाय

सहयात्रा टिभी

राजविराज । मंसिर–२१, सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५ का ३५ वर्षीय जिवछ राम र वडा नं ३ का ३० वर्षीय इसराइल मियाँलाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ ।

गाउँकै एक विवाह समारोहबाट घर फर्किरहेकी महिलालाई गत फागुन २५ गते राति नियन्त्रणमा लिई गहुँ खेतमा लगेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते उजुरी दर्ता गरेको थियो ।

घटनापछि फरार आरोपितलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्ध्रामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गत चैत ४ गते पक्राउ गरी सप्तरी ल्याएको थियो । दुवै आरोपित राजविराज कारागारमा चैत २९ गतेदेखि थुनामा थिए ।

आरोपितमाथि दायर भएको बलात्कारको मुद्दा पुष्टि हुन नसकेपछि सो मुद्दा जबर्जस्ती करणी उद्योगमा परिणत भएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार दीलकुमार बर्देवाका अनुसार सामूहिकरुपमा बलात्कार प्रयास गरेको आरोपमा उनीहरुलाई साढे तीन वर्ष कैदको सजाय गरिएको हो ।

प्रकाशित : 7 December, 2018

प्रतिक्रिया दिनुहोस्