बिग ब्यास लिग खेल्न अष्ट्रेलिया पुगे सन्दिप लामिछाने

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२४, नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग ब्यास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

बिबिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी सन्दीपले काठमाण्डौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुर प्याट्रियट्सबाट दुई खेल खेलेर अष्ट्रेलियातर्फ लागेका हुन् ।

बिग ब्यास लिग पुस ४ गतेदेखि शुरु हुँदैछ । बिबिएलभन्दा अगाडि नै बङ्गलादेश प्रिमियर लिग बिपिएलमा अनुबन्ध भइसकेका सन्दीपले बिबिएलको केही खेल खेलेर बङ्गलादेश जाने छन् । लामिछाने बङ्गलादेश र युएइको लिगमा समेत आबद्ध भइसकेका छन् ।

इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेपछि विश्वभर चर्चित बनेका सन्दीपले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० क्यानडा लिग, अफगानिस्तान प्रिमियर लिग र टी–२० लिग खेलिसकेका छन् ।

प्रकाशित : 10 December, 2018

प्रतिक्रिया दिनुहोस्