जब बन्दा किन्न गएकी महिला करोडपति बनिन

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२५, अमेरिकाको मेहिल्याण्डामा बस्ने एक महिलाको भाग्य तरकारी खाने बन्दाले चम्काइदिएको छ । ती महिलालाई उनका बुबाले बजारबाट बन्दा किनेर ल्याउन भनेका थिए ।

आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा गएकी उनलाई सायद भाग्यले डोराएछ, बाटोमा पर्ने लटरी दुकानमा छिरिन् । भाग्यचिट्टा काट्ने पसलमा भिड देखेर उनीपनि त्यहाँ छिरेकी थिइन् । त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् ।

जब घर आएर लटरी टिकट स्क्रयाच गरिन्, तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेको थियो ।

नसोचेको चिट्ठा परेपछि उनको भुइँमा खुट्टा छैन । त्यो पैसा उनी आफ्नो बुढेशकालका लागि बचाएर राख्न चाहन्छिन् । डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन् ।एजेन्सीको सहयोग

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्