=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


विवाह पञ्चमी महोत्सवका लागी जनकपुरधाम आइपुगे योगी आदित्यनाथ

सहयात्रा टिभी

जनकपुरधाम । मंसिर–२६, विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् ।निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए ।

जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिएका हुन् ।

विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्