=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


एकल बुहारीको छोरी सरह विवाह, अन्माउँदा भक्कानिए सासुससुरा

सहयात्रा टिभी

झापा । मंसिर–२७, श्रीमानको मृत्यु पश्चात अधिकांश श्रीमतिहरु सन्तानको मुख हेरेर एकल जीवन नै जीउने प्रतिवद्धताका साथ जीवन चलाइरहेका हुन्छन् । समाज जति नै परिवर्तनशिल र आधुनिक बन्दै गए पनि श्रीमानको मृत्यु भएपछि कलिलो उमेर भए पनि एकल महिलालाई अर्को विवाहको लागी स्वीकृति तथा सल्लाह दिने मानिसहरु नगन्य मात्रामा मात्र भेटिन्छन्, भने परिवारले नै विवाह गरिदिएका घटना यदाकदा सुन्न मात्र पाइन्छ ।

तर एक दम्पतिले भने आफ्नी एकल बु्हारीलाई आँफैले बेहुली बनाएर अन्माएका छन् । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–११ बच्चाबगरमा एक रोक्का दम्पत्तिले समाजलाई चुनौति दिँदै हिम्मत जुटाएर बुहारीको दोस्रो विवाह गरिदिएका हुन् ।

छोराको क्यान्सरका कारण मृत्यु भएपछि एकल जीवन विताइरहेकी २४ वर्षीया बुहारी अनुशाको सासु ससुरा भगिमाया रोक्का र खिलबहादुर रोक्काले हिन्दु पराम्परा अनुसार बिवाह गरिदिएका हुन् ।

बुहारीलाई बेहुली बनाएर जग्गेमा राखि विवाह कार्यक्रम चलिरहँदा अनुशाका ससुरा रोक्का पटक पटक भक्कानिरहेका थिए भने सासु पनि निकै भावुक हुँदै बेला बेला आँशु झारी रहेकी थिइन, मानौ उनीहरुले बुहारी हैन छोरी अन्माउँदै छन् ।

यतिकी इमान्दार र शिलस्वभाव भएकी बुहारी आफुहरुले अब कहिल्यै पाउन नसक्ने भन्दै बुहारीको कलिलो उमेरका कारण बाँकि जीवन सहजताका साथ विताउन बाटो खोलिदिएको अनुशाका ससुराले बताए ।

अनुशाको पहिलो विवाह २०६९ सालमा भएको थियो भने उनी चार वर्षका छोराकी आमा पनि हुन । उनको तस्विर सामाजिक सञ्जालमा देखेपछि हालका पति गोविन्द अधिकारीले उनको परिवारमा विवाहको प्रस्ताव ल्याएका थिए ।

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्