=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न आयोग तेह्रथुममा

सहयात्रा टिभी

तेह्रथुम । मंसिर–२९, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तेह्रथुमका पीडितसँग छलफल गरेको छ । आयोगले जिल्लाका पीडित तथा सरोकारवालासँग अन्तक्र्रिया गर्दै उजुरीमाथि विस्तृत अनुसन्धानसमेत गरिरहेको छ ।

बिहीबारदेखि शुरु भएको अनुसन्धानको कामसमेत अन्त्यतिर पुगेको आयोगले जनाएको छ । आयोगमा तेह्रथुमबाट १७ जना बेपत्ता रहेका व्यक्तिका परिवारले उजुरी गरेका थिए । त्यसमध्ये बिहीबार १२ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सकिएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका प्रवक्ता प्राध्यापक डा विष्णु पाठकले बताए ।

आयोगमा देशभरबाट तीन हजार १९२ वटा उजुरी परेका छन् । तीमध्ये ८५ प्रतिशत बढी उजुरीमाथि पुसको तेस्रो हप्ताभित्र अनुसन्धान गरिसक्ने प्रवक्ता पाठकले बताए ।

प्रकाशित : 15 December, 2018

प्रतिक्रिया दिनुहोस्