गोपाल योञ्जनको देहान्त हुनुका तीन कारण

सहयात्रा टिभी

काठमाडौं । नेपाली गीत संगित र साहित्यका धरोहर गोपाल योञ्जन भौतिक रुपमा जिवित नभएपनि उहाँका सृजनाहरुले केवल योञ्जनलाइ मात्र बचाएको छैन, नेपाली गीत संगितलाइ पनि उचाइ प्रदान गरेको छ । योञ्जनका विषयमा जान्न थाहा पाउन सबैलाइ रुची लाग्छ । चलचित्र निर्देशक एवम संचारकर्मी प्रकास सायमीले आफनो ‘गोधुली संसार’बाट उदृत गर्दै फेसबुक वालमा पोष्ट गर्नुभएको सामग्री यहाँ जस्ताको त्यस्तै  प्रस्तुत गरिएको छ –

गोपाल योञ्जनको देहान्त भएकै हप्ता काठमाण्डूमा आयोजित एक शोकसभामा गीतकार चेतन कार्कीले भनेका थिए, “गोपाल योञ्जनको देहान्त हुनुको तीन कारण छन्, उनको अति भावुकता, मद्यपान र तेस्रो प्रमुख कारण भनेको उनको परिवार …। ”


त्यतिवेला शोकाकुल स्थिति भएको कारणले गीतकार चेतन कार्कीले तेस्रो प्रमुख कारणलाई स्पष्टोतर बनाउन सकेनन् । र, अझै पनि त्यो कुरालाई प्रष्टोक्ति गर्न सहज भइसकेको छैन । गोपाल योञ्जनका निम्ति सदैव परिवार प्रमुख कारण रह्यो । उनका दुई परिवार थिए, आफ्ना दुई छोरा र एक छोरी सहित सपत्नीकको परिवार र आफ्ना सांगीतिक चेलाचेलीसहितको मधुर परिवार । यी दुई परिवारसितको संसर्गमा उनको साहित्यिक र सांगीतिक जीवन यात्रा चलिरहेकै वेला भारतको दिल्लीस्थित अपोलो हस्पिटलमा देहान्त भयो, सन् १९९७ मा ।
त्यो समय नेपाल पनि परिवर्तनकै संघारमा एउटा लडाइँ लडिरहेको थियो, सत्ता परिवर्तनको निम्ति राजा, शासक दल र विद्रोही दल । गोपालको स्वरमा नेपाली नेपालको माया छ कि छैन अकास्सिएर गुञ्जिरहेको घडीमा गोपाल निशब्द भए ।
एक अध्यापक, एक शालीन संगीतकार एक चिन्तनशील गीतकार । सरकार र राज्यले कहिले प्राज्ञको रुपमा नपत्याएको एक विद्धान संगीतकार राष्ट्रिय झन्डा नओढाइकन यो राष्ट्रबाट विदा भए ।
गोपाल योञ्जनको जन्म र संघर्ष

गोपाल योञ्जनको भारतको दार्जीलिङमा जन्मेका थिए । एउटा संघर्षशील परिस्थितिमा उनको जन्म तामाङ परिवारका उनको जन्म भएको थियो । छेकुमाया डोल्माको गर्भबाट धेरै छोरीहरुको मात्र जन्म भएको परिस्थितिमा छोराको अपेक्षामा लामाहरुको ठूलो पूजाअर्चना मध्ये मेडिसिन बुद्धको पूजा गरेर जन्मिएका गोपालको चिनाको नाउँ सिकन्दर थियो । सिकन्दर, उर्दू भाषामा राजाको नाउँ हो । उनी नेपाली सुगम संगीतमा राजा कै जस्तो स्थानमा बस्न पुगे । उनले बनाएका गीत, संगीत नेपाली भाषाका मूल धन हुन पुगे ।
गोपाल योञ्जन जन्मिँदा भारतवर्ष स्वतन्त्रताको लडाइँ लड्दै थियो र ब्रिटीश साम्राज्यबाट मुक्ति खोज्दै थियो । र, उनकै परिवार पनि एउटा छोराको स्वागत गर्न आतुर थियो । उनको जन्मपछि योञ्जनपरिवारमा मुक्तिको लहर देखियो ।
गोपाल योञ्जनले संगीतजगतमा प्रवेश गर्दा नेपाली आधुनिक संगीत भारतीय संगीतको प्रभाव र नक्कलबाट विस्तारै मुक्ति खोज्दै थियो, त्यतिवेला भर्खरै रत्नदास प्रकाश, मित्रसेन, हरिप्रसाद रिमाल, उर्मिलादेवी शैलीका गीतबाट विस्तारै नेपाली आधुनिक संगीत नवभाषिय स्वरमा प्रवेश गर्दैथियो । त्यसैसमय उनका गुरु अम्बर गुरुङसहित नातिकाजी र शिवशंकर अनि नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्नले नयाँ बाटो बनाइसकेका थिए । यसै बाटोलाई पछ्याउँदै गोपालले आफू र आफ्ना दाजु कर्म योञ्जनको नेतृत्वमा हिमालयन कल्चर ग्रुप खोले जसमा दिलमाया खाति, नगेन्द्र थापा, पिटर जे कार्थक आदि सम्बद्ध भए । यसै समूहबाट उनले धेरै गीत रचना र संगीत गरेर दिलमाया खाति अनि कुमार सुब्बा अनि मणिकमल क्षेत्रीको स्वरमा रेकर्ड गरे । यिनै गीतका आधारमा नगेन्द्र र गोपालको जोडी बन्यो । यसपछि विस्तारै गोपालले आफ्ना गुरु ईश्वरवल्लभका गीत पनि संगीत गर्न थाले , सारा दिन अरुलाई बाँडे शायद यी रात मेरा यसै समयका उपज हुन् ।
यिनै ईश्वरवल्लभ भट्टराई मार्फत् गोपालले त्यससमयका उदीयमान नेपाली गायक नारायणगोपाल गुरुवाचार्यलाई चिन्ने मौका पाए । 

सन् १९६

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्