फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स २०१८ , नेपालकी मनिता टप १० बाटै बाहिरिइन्
सहयात्रा टिभी
एजेन्सी । पुष–२, मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिइन् ।
नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १० मा पुगेकी थिइन् । उनको यात्रा टप १० सम्ममात्रै रह्यो । अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।
अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।