दाँतको उपचार गर्न आएका पूर्वप्रेमीको सबै दाँत खोलिदिए पछि
एजेन्सी । पुष–२, पोल्याण्डकी अन्ना म्याविक नामकी एक डेन्टिसले उनीकँहा उपचार गर्न आएका पूर्वप्रेमीको सबै दाँत निकालिदिएकी छन् । ब्रेकअप भएको केहि दिनमा नै दाँतको समस्याले उपचार गर्न गएका मारेक वल्सजेवस्कीले आफुलाई छाडेको कारणले म्याविकले उनको सबै दाँत निकालिदिएकी हुन् ।
जब दाँतको उपचारका लागी डेन्टिसका प्रेमी मारेक बेडमा पल्टिरहेका थिए त्यस समयमा म्याविकले वाइहात मान्छे भएको महशुस गरि धमाधम सबै दाँत निकालिदिएकी हुन् ।
उनी काम सकेर बाहिर गइन तर लामो समयपछि मात्र होसमा आएका मारेकले केहि गल्ति भएको महशुस गरे । उनले त्यसपछि तुरुन्तै आफ्ना दाँतहरु नभएको र गिजामा ब्यान्डेज बाँधिएको महशुस गरे ।
उनी घर गएर ऐनामा हेर्दा आफुलाई दाँत विहिन पाए । दाँत नभए पछि उनकी नयाँ प्रेमीकाले पनि उनलाई छाडेर गइन । उता मारेककी पूर्वप्रेमीका डेन्टिस म्याविकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीलाई तीन वर्षको जेल सजाय हुने सम्भावना देखिएको छ ।