आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–४,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ । राम्रो काम र मेहनेतले प्रतिष्ठामा वृद्धि ल्याउनेछ । प्रेम सम्बन्ध मजबुत हुनुको साथै नयाँ सम्बन्ध गाँसिने सम्भावना प्रवल छ । श्रीमान श्रीमतिविचको फाटो कम हुँदै जानेछ । सन्तानको प्रगतिको खबर सुनिएला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोखले विलासी मालसामान जोड्न प्रेरित गर्ने हुँदा खर्चमा वृद्धि होला । सोचेका कामहरु पुरा हुनेछन् । बोलिमा होस नपुर्याउँदा मन मिल्ने मान्छेको मनमा चोट पुग्न सक्छ । पारिवारिक असमझदारी बढेपनि साँझसम्ममा समय अनुकुल बन्नेछ । नयाँ साथी बनाउन सकिएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अर्थ अभावका कारणले काममा केहि बाधा व्यवधान देखिन सक्छन् । शुभचिन्तकहरुको साथ र सहयोगले लक्ष्यको नजिक पुग्न सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । सहयात्रीको साथ पाइनेछ । अध्ययनमा खास्सै मन नजाला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कामका लागी पनि ठूलो मेहनेत गर्नु पर्ने हुन्छ । सामाजिक काममा समय व्यतित गर्नुपर्ला । जिम्मेवारी बढ्नेछ । प्रिय व्यत्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ । अध्ययनमा समय दिन नसकिएता पनि नतिजा भने सकारात्मक नै देखिएको छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल रहनेछ । सुखदुखमा साथ दिनेहरु प्रसस्त फेला पर्नेछन् । प्रेम प्रस्ताव आउन सक्ने सम्भावना प्रवल छ भने आफुले राखेको प्रस्तावको नतिजा सकारात्मक होला । सोचेको काम सहजै पुरा गर्न सकिनेछ । वैदेशि क्षेत्रबाट राम्रो आम्दानि हुने देखिन्छ ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिले संघर्षको बाटो हिँडाउनेछ । कामको बोझ बढ्नुको साथै गरेको कामको जस नपाउँदा मनमा खिन्नता उत्पन्न हुन सक्छ । कामको शिलशिलामा लामो यात्रा गर्न पाउने अवसर छ । मिष्ठान्न भोजनको योग भएता पनि स्वास्थ्यले भने केहि समस्या निम्त्याउने देखिएको छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक काममा मन जाला । रमाइलो यात्राको विचमा नयाँ साथीहरुसँगको साथले मन हर्षित रहनेछ । अध्ययनमा मन जाला । शिर्जनात्मक कामबाट प्रतिष्ठा बढ्ने योग छ । विवादमा फसिन सक्छ, वोलिवचनमा ध्यान दिनुहोला । धैर्यता गुमाउँदा प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मेहनेतले परिस्थिति अनुकुल बन्नेछ । सोचेको काम पुरा हुनेछ । गोपनियतामा ध्यान दिनुहोला । साइनो गाँस्तै आउनेहरुसँग सतर्क रहनुहोला । सन्तानको प्रगतिमा सामेल हुन पाउने अवसर छ । प्रेम सम्बन्धमा देखिएको फाटोमा सुधार हुँदै जानेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो बौद्धिक क्षमताले लक्ष्यमा सजिलै पुग्न सकिनेछ । मेहनेतले प्रतिष्ति कामको जिम्मेवारी हात पर्नुको साथै अरुलाई आकर्षित बनाउन सकिनेछ । आम्दानिमा वृद्धि हुनेछ । प्रिय व्यक्तिको साथ पाइनेछ । परिवारको साथ र सहयोगले काममा सफल भइनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुपालनबाट फाइदा हुनेछ । आम्दानिमा वृद्धि हुनुको साथै व्यवसायीक कामका कारण लामो यात्रामा निस्कनु पर्ला । अरुको काममा अल्झनाले आफ्नो काममा बाधा पुग्न सक्छ, समयको ख्याल गर्नुहोला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्चमा वृद्धि हुनेछ । भौतिक साधन जुटाउने अवसर मिल्ला । सामाजिक काममा समय व्यतित होला । अध्ययनमा खास्सै मन जाने छैन । सन्तानले प्रगति गर्नेछन् । प्रेमसम्बन्धमा माया गाढा बन्दै जानेछ । नयाँ सम्बन्ध जोडिने सम्भावना प्रवल छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । सन्तानबाट सुख मिल्नेछ । सम्पति आर्जन हुनुको साथै परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । प्रिय व्यक्तिसँग समय बिताउने अवसर जुट्नेछ ।

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्