बाहुबली स्टार प्रभासको ‘साहो’ को रिलिज डेट सार्वजनिक

सहयात्रा टिभी

एजेन्सी । पुष–४, बाहुबलीबाट स्टार बनेका प्रभासको बाहुबलीपछिको फिल्म ‘साहो’ आउँदैछ । यसमा उनले धमाका पिट्ने अपेक्षा दर्शकको छ ।

त्यही साहोको रिलिज डेट घोषणा भएको छ । फिल्म समीक्षक तरण आदर्शले ट्वीटरमार्फत ‘साहो’ अर्को वर्षको १५ अगस्टमा रिलिज हुने जानकारी दिएका छन् । यस फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर प्रभासको अपोजिटमा देखिएकी छिन् ।

यो फिल्मको ९० प्रतिशत एक्सन पूरै वास्तविक भएको बताइएको छ । प्रभासले दर्शकलाई असली एक्सनको थ्रिल महशुस हुन सकोस् भनेर फिल्ममा सबैकुरा वास्तविक गर्ने कोशिश गरेको उल्लेख गरेका छन् ।

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्