सर्बियामा चाँडो बच्चा जन्माउन जनतालाई सरकारको अपिल

सहयात्रा टिभी

एजेन्सी । पुष–४, सर्बियामा हाल जनसंख्या कम भएका कारण जनसंख्या वृद्धि गर्न अनेक उपाय लगाउन थालिएको छ । हाल जनसंख्या वृद्धि गर्नका लागी सरकारद्धारा नै अनेक रोचक उपायहरु अवलम्बन गर्न थालिएको छ ।

हाल ढिलो नगर्नुस्, बच्चा जन्माइहाल्नुस्, आउनुहोस् बच्चाको आवाज सुन्नुहोस् लगायतका नाराहरुमार्फत जनतालाई बच्चा जन्माउन प्रेणीत गर्ने गरिएको छ । सर्बियामा धेरै मानिस देश छाडेर बाहिर जाने गरेका छन् भने देशमा जन्मदरमा पनि कमी आइरहेको छ ।

सर्बियामा हरेक दुई परिवारमा तीनजना बच्चा छन्, जुन युरोपमा सबैभन्दा कम हो ।हाल सर्बियामा ७० लाख मात्र जनसंख्या रहेका छन् । अहिले सर्बियाको जनसंख्या ७० लाख रहेकोमा सन् २०५० सम्ममा १५ प्रतिशतले घट्ने राष्ट्रसंघले जनाएको छ ।

सरकारले देशमा महिलाहरुको प्रजननदर वृद्धिका लागि एउटा अनौठो योजना पनि ल्याएको छ । जस अनुसार जन्मदर कम भएका क्षेत्रहरुमा एक दुईतले घरहरु बढि मात्रामा निर्माण गरिनेछ ।

अध्ययन अनुसार बढि अग्लो घरमा बस्ने दम्पत्तिहरुमा भन्दा स साना घरमा बस्ने दम्पत्तिहरुमा जन्मदर बढि भएको पाइएको छ ।

प्रकाशित : 19 December, 2018

प्रतिक्रिया दिनुहोस्