आजको राशिफल
काठमाण्डौं । पुष–५,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। बेलामा अर्थ संकलन नहुँदा काम सम्पादन गर्न समय लाग्नेछ। तापनि समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग जुट्नेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। तर सामान्य कामका लागि धेरै मिहिनेत गर्नुपर्ला। साइनो गाँस्नेहरूसँग सजग रहनुहोला। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले पनि आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि पनि ध्यान पुर्याउनुहोला। रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ।सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि, पशुपालनमा फाइदा हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। घरेलु काम सम्पादन हुनाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तहरूको सहयोग प्राप्त हुनाले धेरै काम बन्नेछन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।