सुन्दर पत्नी पाउन पुरुषहरुले गर्छन महिला जस्तै सिंगारिएर पुजा
एजेन्सी । पुष–५, नेपालमा सुन्दर र भने जस्तै पति पाउनका लागि महिलाहरुले सोमबारे व्रत, तिजको व्रत, साउने व्रत बस्ने गरेको हामी सबैलाई अवगत नै छ । यो खास्सै अनौठो लाग्दैन । तर कुनै यस्तो मन्दिर वा ठाउँ पनि छ, जहाँ सुन्दर पत्नी पाउनका लागी पुरुषहरु महिलाको पहिरनमा सिंगारिएर पुजा गर्छन ।
दक्षिण भारतको केरलामा रहेको एक मन्दिरमा पुरुषहरु महिलाको पहिरनमा सिंगारिएर पुजाआजा गर्ने गर्छन् । उनीहरुले त्यहाँ त्यस रुपमा पुजा गर्नुको एक मात्र उद्देश्य राम्री पत्नी र राम्रो जागिर पाउनको लागी हो । उक्त मन्दिरमा वरदान माग्न जाने पुरुषहरु महिलाले जस्तै सारी लगाएर श्रृंगार गर्नुपर्दछ ।
कोल्लम जिल्लास्थित कोट्टनकुलंगरामा रहेको श्रीदेवी मन्दिरमा यस्तो अनौठो क्रियाकलाप गर्दछन् पुरुषहरु । हरेक वर्ष २३ र २४ मार्चमा यो मन्दिरमा चाम्याविलक्कु नामक पर्व मनाइन्छ र त्यो बेला महिलाको जस्तै श्रृंगारपटार गरेर वरदान माग्न आउने पुरुषको भिड लाग्दछ ।