आजको राशिफल
काठमाण्डौं । पुष–६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आफ्नो कामबाट अरुले फाइदा उठाउन सक्छन, सतर्क रहनुहोला । आम्दानिमा वृद्धि हुनेछ । नयाँ कामको जिम्मेवारी थपिनेछ । सोचेको काम पुरा हुनुको साथै आम्दानिमा समेत वृद्धि हुनेछ । प्रेम सम्बन्ध मजबुत हुनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अभीष्ट पूरा हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम सम्पादन गर्न समय लाग्नेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। नाम र दाम कमाउने बेला छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कामका लागि धेरै मिहिनेत गर्नुपर्ला। स्वास्थ्य कमजोर हुनाले काम बिग्रने चिन्ताले सताउन सक्छ। दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ।स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आतिथ्य भने खर्चिलो हुनेछ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। भाग्यले पनि साथ दिनेछ र शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि पनि ध्यान पुर्याउनुहोला।रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यप्रति अलि सजग रहनुहोला। यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ।मन मिल्ने साथीसँग प्रेमको गाँठो कसिन सक्छ।बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँगको भेटघाटले काममा उत्साह जगाउनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने मौका जुट्न सक्छ।साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले काममा सफल भइनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गोपनीयतामा ध्यान पुर्याउनुहोला।इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। स्वास्थ्य कमजोर देखिए पनि व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ।