आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–९,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम बिग्रने डरले सताउन सक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । सोचेको काममा बेहि बाधा देखिए पनि मेहनेतले काम सफल हुनेछ । साथीभाईसँगको भेटले दिन रमाइलोमा वित्ला । प्रेम र मित्रता मजबुत बन्दै जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोखले खर्चमा वृद्धि भएपनि मनमा आनन्त प्राप्त हुनेछ । शुभचिन्तकहरुको साथ र सहयोग पाइएला । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जगाउनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। जिम्मेवारी बढ्नुको साथै नयाँ कामको थालनि होला । धार्मिक काममा मन जानेछ । अध्ययनमा समय दिन नसकिएला । मन परेको मानिससँग नजिक हुन सकिने सम्भावना छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
गरिएको काम पुन दोहो¥याएर गर्नुपर्ला । सोचेको काममा बाधा देखिन सक्छ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा, खानपानमा ध्यान दिनुहोला । धार्मिक यात्रा गर्ने अवसर प्राप्त होला । सन्तानबाट सुख मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। नयाँ साथी बनाउन पाइने अवसर प्राप्त होला । नयाँ सम्बन्ध समेत गाँसिनेछ । खट्किएको आवश्यकता पूरा गर्न सकिनेछ। अध्ययनमा राम्रो नतिजा हात पार्न सकिनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नाहरुबाट नै धोका पाउन सकिनेछ, सतर्क रहनुहोला । विशिष्ट व्यक्तिहरुसँग भेटघाट होला । प्रतिष्ठामा वृद्धि हुनुको साथै आम्दानिमा समेत वृद्धि हुनेद्ध । नजिकका साथीभाई टाढिनाले मनमा दुख लाग्न सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुभव देखाएर उपलब्धि हात पार्न सकिनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ । अरूका लागि जुट्नुपरे पनि आफ्नै भाग्योन्नति हुनेछ। सामाजिक काममा समय दिन सकिनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। समय केहि प्रतिकुल रहे पनि साँझसम्ममा समय अनुकुल रहनेछ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त भए पनि खर्चको मात्रा भने बढ्नेछ। व्यवसायमा राम्रै फाइदा हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ। खर्च लागे पनि मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले चिताएको काम सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। तापनि प्रतिस्पर्धीहरूले केही दुस्ख दिन सक्छन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ।अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।प्रियजन भेटिनुका साथै नाम र दाम हातलागी हुनेछ।

प्रकाशित : 24 December, 2018

प्रतिक्रिया दिनुहोस्