नियम संगत व्यापारलाई अनुसरण गरि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्था बन्दै डिस होम
काठमाण्डौं । पुष–९, नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिस होम ग्राहकहरुलाई भरपुर सेवासुविधा प्रदान गरि एक उत्तरदायि संस्थाको रुपमा परिचित बन्दै गएको छ । ग्राहकहरुलाई डिजिटल प्रविधिबाट गुणस्तरीय सेवासुविधा प्रदान गर्ने डिस मिडिया नेटवर्कले नियमसंगत व्यापारलाई अनुसरण गरि नेपाली समाजमा एक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रुपमा अघि बढिरहेको हो ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा तथा च्यानल प्याकेजको छनौटको सुविधा, उच्च र विश्वस्तरीय प्रविधिहरुको प्रयोग र नेपालभर फैलिएको सेवा संञ्जालका कारण नै आज डिस होम नेपालभर लोकप्रिय बन्दै गएको हो ।
डिशहोमले व्यवसायिकता, पारदर्शिता तथा ग्राहक सेवाका लागि विश्वस्तरीय प्रविधिहरुको प्रयोग गरिरहेको छ । यस मध्ये डिशहोमले हाल प्रयोग गरिरहेका ६ वटा सफ्टवेयर महत्वपुर्ण छन् ।
ग्राहकहरुको सही विवरण तथा ग्राहकहरुको प्रत्येक वित्तिय कारोवारको अभिलेखका लागि डिशहोमले HANSEN ICC SUBSCRIBER MANAGEMENT SYSTEM (SMS) को प्रयोग गरिरहेको छ । त्यसैगरी ग्राहकहरुको सुविधाका लागि डिशहोम बिक्रेताहरुले प्रयोग गर्ने DishHome CARE द्वारा बिक्रेताहरुले नै सहजै Set-Top Box Activation प्याकेज परिवर्तन, रिचार्ज, एएख् सेवा, क्रेडिट सेवा जस्ता सेवाहरु उपलब्ध गराईरहेका छन् भने ग्राहकहरु आफैले पनि सहजै प्याकेज परिवर्तन, रिचार्ज, ppv सेवा, क्रेडिट सेवा जस्ता सेवाहरु लिनको लागि डिशहोमको MOBILE APP उपलब्ध छ ।
ग्राहकहरुलाई कुनै पनि समस्या आउँदा ग्राहक सेवा प्रतिनिधिहरुसंग सम्पर्क गर्दाको हरेक अन्र्तक्रियाहरुको विवरण राख्नका लागि डिशहोमले CONTACT CENTER SOLUTION को प्रयोग गरिरहेको छ । प्रत्येक ग्राहकहरुको रोजाई अनुसारको प्याकेज उपलब्ध गराउने, सेट–टप बक्समा ब्यालेन्स भए नभएको अनुसार सेवा दिने वा बन्द गर्ने व्यवस्थाको लागि डिशहोमले उच्च सुरक्षा प्रणालीको CONDITIONAL ACCESS SYSTEM (CAS) प्रयोग गरिरहेको छ । डिशहोमका उच्च पदस्थ कर्मचारीहरु साथै गैरसरकारी तथा सरकारी अडिटरहरुले ग्राहकको संख्या, डिशहोमसंगको वित्तिय कारोवार, कर निर्धारण जस्ता रिपोर्टहरु DishHome BUSINESS INTELLIGENCE REPORT (BIR) बाट प्राप्त गर्न सक्दछन ।
यस्ता प्रविधिहरुको माध्यमबाट डिस होमका ग्राहकहरुले आफुले पाउने सेवासुविधा लगायत डिस होम कम्पनिको आर्थिक कारोबारको समेत जानकारी पाउने हुँदा यो पूर्ण रुपमा पारदर्शि हुने गर्छ ।
इ.सं. २००९ बाट सुरु भएको डिस होमले आज नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ । डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको डिस होमले हाल शहर देखि ग्रामीण भेग सबै क्षेत्रका मानिसहरुको मन आकर्षित गरिरहेको छ ।
नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अगाडि सारेको डिजिटलाईजेशन नितीलाई अक्षरस अनुशरण गरि सरकारको यस नितीलाई सफल बनाउन समेत यस संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । मन्त्रालयका सम्पूर्ण निती तथा नियमहरुको पालना गरी डिजिटल संचारको सुविधाको द्रुत विकाश गदै संचालनको नौ वर्षको अवधीमा पे टि.भि इण्डष्ट्रिमा सवैभन्दा बढी कर बुझाउने संस्थाको रुपमा पनि यस संस्था परिचित छ ।