आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–११,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। अध्ययनमा मन जानेछ । आम्दानिमा वृद्धि होला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले अड्किएको काम सम्पादन हुनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन् र भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। प्रिय व्यक्तिसँगको भेटले मन हर्षित हुनेछ । रमाइलो यात्रा गर्न पाइएला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
परिस्थिति केही असहज बन्न सक्छ। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। गोपनियतामा ध्यान दिनुहोला । पुराना साथीभाईसँगको भेटले दिन रमाइलोका साथ बित्ला । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
स्वास्थ्यचिन्ताले भने सताउन सक्छ। आलोचकहरूले आक्षेप लगाए पनि गल्ती सच्याउने अवसर प्राप्त हुनेछ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ने देखिन्छ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो यात्रा गर्ने अवसर पाइएला । स्वास्थ्यमा समस्या देखिन सक्छ । धेरै पनि साथीसँग भेट हुने हुँदा मन हर्षित हुनेछ । अध्ययनमा मन जानेछ । सोचेको काम बन्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यवसायमा राम्रै आम्दानी हुनाले भैपरी आउने समस्या टर्नेछन्। व्यापार तथा नोकरीमा फाइदा उठाउन सकिनेछ। साइनो गास्ँनेहरुबाट धोका हुन सक्छ, सतर्क रहनुहोला । धार्मिक काममा मन जानेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। केही विवादास्पद काममा जुट्नुपरे पनि लाभ उठाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। अवसरले उत्साह जगाउनेछ। तर आफ्नो क्षेत्रमा अधिकार जमाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। प्रेमसम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति केही असहज बन्न सक्छ। स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ। अर्थ उपार्जनमा कमी आए पनि पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ साथी बनाउन सकिनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
चिताएको काम बन्नाले जोश–जाँगर बढ्नेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर परिवारजनको अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ। विवादास्पद समस्यामा फस्न सकिएला, वोलिवचनमा ध्यान दिनुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ।

प्रकाशित : 26 December, 2018

प्रतिक्रिया दिनुहोस्