नेपाल आइडल रवि ओडलाई मातृशोक, करेन्ट लागेर मृत्यु

काठमाण्डौं । पुष–११, नेपाल आइडल सिजन– २ का विजेता रवि ओडकी आमाको मृत्यु भएको छ। बुधबार बिहान रवि ओडकी आमा विष्नादेवी ओडको पानी तान्ने पम्पबाट करेन्ट लागेर मृत्यु भएको हो।

बिहान ७ बजेतिर करेन्ट लागेर घाइते भएकी विष्नादेवीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बुझिएको छ। अघिल्लो दिन पम्पबाट करेन्ट नछुटाइएको कारण उनलाई करेन्ट लागेको हो। उनको सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

विष्नादेवि रविकी दोस्री आमा हुन् । रविलाई जन्म दने आमाको भने रवि सानै हुँदा नै मृत्यु भएको थियो । घटनाका विषयमा थप विवरण सार्वजनिक हुन बाँकि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *