अब डिस होमद्धारा इन्टरनेट सेवा प्रदान गरिने
काठमाण्डौंं । पुष–१२, डिजिटल प्रविधि मार्फत गुणस्तरीय सेवासुविधा प्रदान गर्दै आएको डिस मिडिया नेटवर्कले इन्टरनेट सेवा पनि प्रदान गर्ने भएको छ । डिस मिडियामार्फत आगामि दिनमा इन्टरनेट सेवा समेत प्रदान गर्नका लागी तयारी सुरु गरिएको डिस मिडियामा अध्यक्ष हेमराज ढकालले जानकारी गराएका छन् ।
स्याटेलाइटका माध्यमबाट डिस होमले ग्राहकहरुमा इन्टरनेट सुविधा प्रदान गर्ने तयारी सुरु गरे पनि यस प्रविधिबाट इन्टरनेट सेवा अलि महङगो हुने हुँदा यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
नेपालको सुचना प्रणाली पुरानै तरिकाले चलिरहेका कारण यस प्रणालीलाई डिजिटल रुपमा विकास गर्न र डिस होमलाई थप प्रभावकारी बनाउन इन्टरनेट सेवा प्रदान गर्न लागिएको बताइएको छ ।
इ.सं. २००९ बाट सुरु भएको डिस होमले आज नेपाली बजारमा निकै लोकप्रियता कमाइरहेको छ । डिजिटल प्रविधिबाट गुणस्तरीय सेवा प्रदान गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिरहेको डिस होमले हाल शहर देखि ग्रामीण भेग सबै क्षेत्रका मानिसहरुको मन आकर्षित गरिरहेको छ ।
ग्राहकहरुका लागि अनेक सुविधाहरुका साथै विभिन्न अवसरहरुमार्फत विभिन्न अफरहरु प्रदान गरेर लोकप्रियता कमाइरहेको डिस होमले ग्राहकहरुको सुविधामा थप गर्दै इन्टरनेट सेवा प्रदान गर्ने भएको हो ।
टेलिभिजन भएका नेपालका घरहरुमध्ये २५ प्रतिशतमा डिस होमले स्थान जमाइसकेको छ । सेवासुविधामा थप गर्दै जानु र सरकारले एनालग केवलहरु बन्द गराएर टेलिभिजनलाई डिजिटलाइजेसन गराउँदै जाने प्रकृयाले पनि पछिल्लो सयम शहरदेखि गाउँ गाउँ सम्म पनि डिस होमको लोकप्रियता बढेको देखिन्छ ।