राजोएलिना मदागास्करको राष्ट्रपतिमा पुनः निर्वाचित

सहयात्रा टिभी

मदागास्कर । पुष–१३, मदागास्करका पूर्व राष्ट्रपति आन्ड्री रजोएलिना पुनः राष्ट्रपति निर्वाचित भएका छन्। गत हप्ता सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धी मार्क राभालोमानानालाई करिब १० प्रतिशतको मत अन्तरले पछि पार्दै रजोएलिना पुनः नेतृत्वमा आएका हुन्।

रजोएलिनाले निर्वाचनमा ५५.६६ प्रतिशत मत ल्याउनुभएको आयोगले जनाएको छ। उनका प्रतिस्पर्धी राभालोमानानाले ४४।३४ प्रतिशत मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका प्रमुख आयुक्त हेरी राकोटामानानाले मत परिणामलाई घोषणा गर्दै भने, “दुवै पक्षबाट उठाएका निर्वाचनसम्बन्धी अनियमितताबारे छानविन भै सम्बोधन गर्ने प्रयास गरिएको र कतिपय स्थानका मतलाई पुनः मतगणना गरिएको छ।”

दुई चरणमा भएको निर्वाचनमा एक अर्का उम्मेदवारलाई निर्वाचनमा धाँधली गरेको आरोप लगाइएपछि निर्वाचन आयोगले उम्मेदवारका गुनासाको अध्ययनपछि मत परिणाम घोषणा भएको राकोटामानानाले बताए। राष्ट्रपतिमा निर्वाचित रजोएलिना र राभालोमानाना लामो समयदेखिका प्रतिस्पर्धी दुई पूर्व राष्ट्रपति हुन्। एएफपी

प्रकाशित : 28 December, 2018

प्रतिक्रिया दिनुहोस्