सभामुखसहित तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलबीच तनाव चुलिएपछि समाधानका लागि सभामुख ओनसरी घर्ती मगरले पहलकदमी लिनु भएको छ । भरतपुर महानगरपालिकाको विवादलाइ लिएर नेकपा एमालेले लगातार व्यवस्थापिका संसद्को बैठक अवरूद्ध गरेपछि निकासका लागि सभामुख घर्ती अघि सर्नुभएको हो । उहाँले आज साँझ तीन दलका शीर्ष नेता र प्रमुख सचेतकहरुसंग सामुहिक छलफल गर्दै हुनुहुन्छ । संसदको गतिरोध फुकाइ भोलि प्रधानमन्त्रीको निर्वाचन सहज बनाउने विषयमा बैठकमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । यसअघि हिजो पनि सभामुखले तीन दलका नेताहरुसंग छलफल गर्नुभएको थियो ।