तिब्बतमा फल्छ कालो रङको स्याउ

सहयात्रा टिभी

एजेन्सी । पुष–१५, तिब्बतका पहाडी क्षेत्रमा ब्लाक डायमान्ड जातको दुर्लभ स्याउ फल्छ । यसको रङ गाढा बैजनी रङको हुन्छ र झ्वाट्ट हेर्दा कालो देखिन्छ ।

स्थानीय भाषामा यो स्याउलाई हुआ नियु भनिन्छ । समुद्री सतहबाट ३१ सय मिटरको उचाईमा यो स्याउको खेती हुन्छ ।यो स्याउ फल्ने क्षेत्रको वातावरण विशिष्ठ खालको हुन्छ । दिन र रातको समयमा तापक्रममा उच्च फरक हुन्छ ।

दिनको समयमा परावैजनी किरणहरु पर्याप्त मात्रामा जमिनसम्म आउँछन् । विशिष्ठ वातावरण तथा परावैजनी किरण नै यो स्याउको अनौठो रङको कारक तत्व रहेको बताइन्छ । यो जातको स्याउ चिनिया बजारमा निकै महंगो मूल्यमा बिक्री हुने गरेको छ ।एजेन्सी

प्रकाशित : 30 December, 2018

प्रतिक्रिया दिनुहोस्