पढ्नै पर्ने मनन योग्य केहि भनाइहरु, जसले तपाइँलाई सफल बनाउन सक्छ

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१७, हरेक मानिसलाई सफल हुनका निम्ति कुनै न कुनै माध्यम चाहिँछ । हरेक सफल मानिस कुनै न कुनै कुराबाट प्रेरित भएर नै सफलता हात पार्न सकेको हुन्छ । कुनै महान व्यक्तिका कतिपय भनाइहरु जसले हाम्रो जीवनमा आमुल परिवर्तन समेत ल्याइदिन सक्छन् ।
केहि शक्तिशालि महान वाणीहरु यसप्रकार छन् :

–हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस

–पहिले तिमी उज्यालो तर्फ फर्क त्यसछी छायाँ स्वतः पछी पर्नेछ । – हेलेन केलर

–जुन कामप्रती तिमीलाई प्रेम छ हो त्यही गर, त्यसपछी पैसा उर्लेर आउनेछ । – मार्सा सिनेटर

पहिला आफ्नो विचार बदल त्यसपछी संसार बदलिएको पाउनेछौ । – नोर्मान भिनसेन्ट

– मान्छेहरू आफ्नो प्रगतिका लागि यो भएन, त्यो भएन भन्ने गर्छन्, तर मलाई लाग्छ कमल दलदल हिलोकै बिचमा फुल्छ, सफा माटो चाहियो भन्दैन, पिपलले कहिल्यै रूखो चट्टान छ भन्दैन, त्यसलाई फोरेरै उम्रन्छ । मनै देखि नआट्नेहरूले मात्र बाहना देखाउने हुन् । – केशर भण्डारी (यात्री)
–आलोचनाबाट बच्ने तिन उपाय छन्, केही नगर, केही नभन, केही नबन । – अल्बर्ट हुबार्ड

–प्रकृतीमा बाँच्ने सबैभन्दा बलियो प्रजाती होइन बरू त्यो हो जसले समयसँगै आफूमा परिवर्तन ल्याउन सक्छन । – चार्ल्स डार्विन

–लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ । – स्कट रीड

–तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । – ब्राइन ट्रेसी

–हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन

प्रकाशित : 1 January, 2019

प्रतिक्रिया दिनुहोस्