यो बर्षको मिष्टर नेपाल अक्षय रायमाझी

सहयात्रा टिभी

काठमाडौं । यो बर्षको मिस नेपाल घोषणा भएको हप्ता दिन नपुग्दै मिष्टर नेपालको पनि घोषणा भएको छ । काठमाडौंमा सम्पन्न प्रतियोगितामा बानेश्वरमा २२ बर्षीय अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भए । उनी २८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्न सफल भएका हुन । अब रायमाझी २०१७ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको तर्फबाट सहभागी हुनेछन ।
प्रतियोगितामा ध्रुव बुढाथोकी फष्ट रनरअप र आशिष ताम्राकार सेकेन्ड रनरअप घोषित भए ।
प्रतियोगीतामा नायक रेश महरठ्ठा, गायिका कोमल वाली, कलाकार सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदिश्वर थापा, शैलजा आचार्य निर्णयकर्ताका रुपमा थिए ।

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्