प्रत्येक दिन गधाको दुधले नुहाउने रानी
सहयात्रा टिभी
एजेन्सी । पुष–२३, प्राचीन मिश्रकी रानी क्लियोपेट्राले प्रत्येक दिन गधाको दुधले नुहाउने गर्थिन । गधाको दुधले नुहाउनका लागी ती रानीले प्रत्येक दिन सात सयवटा गधाको दुध मगाउने गर्थिन् ।
उनले ईशापूर्व ५१ देखि ३१ सम्म मिश्रमा शासन गरेकी थिइन् । उनी त्यसबेला विश्वकी सबैभन्दा धनी तथा सुन्दर महिला मानिन्थिन् । साथै उनी इतिहासकी सबैभन्दा रहस्यमय महिलाको रुपमा पनि चिनिन्छिन् ।
क्लियोपेट्रा यति सुन्दर थिइन् कि उनले विभिन्न राजाहरु तथा सैनिकहरुलाई आफ्नो सुन्दरताको वशमा फसाएर काम लिन्थिन् । उनले सयौं पुरुषसँग शारीरिक सम्बन्ध राखेको बताइन्छ । उनी विश्वका ५ भाषाकी ज्ञाता पनि थिइन् ।
सुन्दरतामा निखार ल्याउनका लागि उनले हरेक दिन गधाको दुधले नुहाउँथिन् ।