संसदमा दाहालको सम्बोधन : राजीनामाको अवसर गौरवपूर्ण

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पदबाट राजीनामा दिन गर्व महसुस गरेको बताउनु भएकोे छ । व्यवस्थापिका संसदको बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू सफल प्रधानमन्त्रीका रुपमा बिदा भएकोमा हर्ष प्रकट गर्नुभयो । उहाँले राजीनामा दिन कांग्रेसको कुनै दवाव नभएको स्पष्ट पार्दै आफूले पूर्व सहमति अनुसार स्वेच्छाले राजीनामा दिएको प्रष्ट पार्नुभयो । उहाँले राम्रो काम गर्दा पनि आलोचना मात्र गरेको भन्दै विपक्षी दलका नेता केपी ओलीलाइ दम्भ त्याग्न सुझाव दिनुभयो ।
प्रधानमन्त्री दाहालले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत भएको भन्दै निर्वाचन आयोग, अदालत, जनता र राजनीतिक दलहरु सबैको ध्यान त्यहाँ भएकाले कुनै गलत काम हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले आफूले भरतपुर प्रकरणमा निर्वाचन आयोगलाइ कुनै दवाव नदिएको समेत दावी गर्नुभयो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्