रन-वेबाट विमान चिप्लिँदा दुर्घटना, १५ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । पुष–३०, इरानको अलब्रोज प्रान्तमा सोमबार भएको विमान दुर्घटनामा परी १५ जनाएको मृत्यु भएको इरानी सैनिकले जानकारी दिएको छ।

सामान बोकेर उडेको विमानमा रहेका १६ मध्ये १५ जनाको मृत्यु भएको इरानका समाचारमाध्यमले जनाएका छन्। काजकिस्तानको बिस्खेबाट मासु बोकेको बोइङ ७०७ नम्बरको विमान सोमबार फात्त विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो।

जीवित रहेका विमानका इन्जिनियरलाई अस्पताल लगिएको इरानी सेनाले जनाएको छ। इरानको राजधानी तेहरान नजिक रहेको फात्त विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट विमान बाहिरिएको थियो।

प्रकाशित : 14 January, 2019

प्रतिक्रिया दिनुहोस्