कानुनी आधार विनै विभिन्न मन्त्रालयको निर्देशिका जारी
काठमाण्डौं । माघ–३, कानुनी आधारविना नै विभिन्न मन्त्रालयले निर्देशिका जारी गरेको पाइएको छ ।
संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कानुनी आधारविनानै विभिन्न मन्त्रालयले निर्देशिका, नियमावली, कार्यविधि, आदेश जारी गरेको निष्कर्ष निकालेको हो ।
समितिको बिहीबारको बैठकमा समितिका सदस्य राधेश्याम अधिकारीले संविधान र कानुनी आधारविना नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसहितका २ वटा मन्त्रालयले २० वटाभन्दा बढि निर्देशिका जारी गरेको पाइएको जानकारी दिए
संविधानले मन्त्रालयहरुले तयार पार्ने निर्देशिका, कार्यविधि, नियमावली कानुनी आधारमा तयार पार्नुपर्ने हुन्छ ।
तर समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जारी गरेको २० वटाभन्दा बढी निर्देशिका कानुन समितिले कानुनी राज्यको प्रत्याभूति दिलाउने गरी कानुन बमोजिमनै निर्देशिका, नियमावली, कार्यविधि बनाउन पनि सम्बन्धित मन्त्रालयहरुलाई सचेत गराउने तयारी समेत गरेको छ ।
समितिका सदस्य अधिकारीले संविधान र कानुनको दायराभित्र रहेर निर्देशिका, कार्यविधि जारी गर्न मन्त्रालयहरुलाई सचेत गराउन लागिएको पनि जानकारी दिए ।
समितिले सबै मन्त्रालयको कानुनको अध्ययनको कामलाई अघि बढाएको छ । प्रत्यायोजित अधिकार कानुनसम्मत भए नभएको छुट्टयाउन समितिले सबै मन्त्रालयको कानुन अध्ययनको कामलाई अघि बढाएको हो ।