विवाहमा उपस्थित हुनेले गणितको परिक्षा पास गर्नुुपर्ने, बेहुलीको माग
सहयात्रा टिभी
एजेन्सी । माघ–७, एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पारेकी छन् । बेलायती ती बेहुला बेहुली नै गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् ।उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने कुर्सी पाउनेछन् । फेल भएमा उभिएरै रहनुपर्नेछ ।
आफू र हुनेवाला पतिसमेत गणितज्ञ भएको हुँदा आफ्नो बिहेलाई पनि गणितमय बनाउने उनको चाहना हो । त्यसैले उनले त्यो रोमाञ्चक योजना तय गरेकी छन् ।
तर उनले सोसल साइट रेडिटमा शेयर गरेको उक्त योजना धेरैलाई चित्त बुझेन । धेरैले यदि त्यस्तो शर्त तेर्साइएमा आफू बिहेको रिसेप्सनमा नआउने बताएका छन् । पाहुनाहरुलाई अनावश्यक तनाव दिएको उनीहरुको तर्क छ ।एजेन्सी