आजको राशिफल
काठमाण्डौं । माघ–८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरुबाट साथ र सहयोग पाइनेछ । आम्दानिमा वृद्धि हुनेछ । रमाइलो यात्राका विचमा नयाँ साथी बनाउन सकिने हुँदा मनमा उत्साह जाग्नेछ । अध्ययनमा मन जानेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको काम पुरा हुनेछ । वैदेशिक यात्राको लागि राम्रो साइत रहेका छ । साइनो गाँस्नेहरुबाट सतर्क रहनुहोला । दाम्पत्य जीवन सुखमय रहनेछ । लामो दुरीको यात्रा गर्नुपर्ने अवसर जुट्नेछ । अध्ययनमा समय दिन नसकिएला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक लाभ नहुन सक्छ । वृद्धिमा भने वृद्धि हुने योग छ । शुभचिन्तकहरुको साथ र सहयोग पाइनेछ । स्वास्थ्यमा सुधार देखिनेछ । सोचेको काम पुरा हुन समय लाग्ला । विवादास्पद क्षेत्रमा फस्न सकिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफन्त र साथीभाईहरुसँगको सम्पर्क बढ्नाले मनमा हर्ष जाग्नेछ । आम्दानिमा वृद्धि हुनेछ । काममा केहि बाधा देखिए पनि मेहनेतले पुरा गर्न सकिनेछ । प्रिय व्यक्तिसगको भेटले दिन हर्षमय रहला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोखले विलासी मालसामान जोड्न प्रेरित गर्नेछ। जिम्मेवारी थपिनेछ । मनले सोचेको काम पुरा गर्न सकिनेछ । अध्ययनमा प्रगति होला । आमाबुबाको निम्ति केहि प्रगति गर्न सकिनेछ । परिवारको साथ पाइएला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
व्यापार व्यवसायमा राम्रो आम्दानि हुनेछ । दिगो फाइदा हुने काममा संलग्न भइएला । सन्तानको प्रगतिमा सामेल हुन पाइनेछ । अध्ययनमा समय दिन नसकेपनि नतिजा सकारात्मक देखिनेछ । दाजुभाईबाट साथ र सहयोग पाइनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। प्रेम र मित्रताको सम्बन्ध मजबुत हुँदै जानेछ । परिवारमा समय दिन नसक्दा असमझदारी उत्पन्न भएपनि साँझसम्ममा परिस्थिति अनुकुल बन्नेछ । भौतिक समस्याले सताउन सक्छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। आम्दानिमा वृद्धि हुनेछ । धार्मिक यात्रा गर्ने अवसर पाइनेछ । सामाजिक काममा समय व्यतित होला । बोलिवचनमा ध्यान दिनुहोला ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
दाम्पत्य जीवन सुखमय रहनेछ भने प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ । काममा केहि बाधा व्यवधानकाविच पनि सफलता प्राप्त गर्न सकिनेछ । रमाइलो यात्रा गर्न पाइने अवसर छ । स्वास्थ्यमा समस्या देखिन सक्छ सतर्क रहनुहोला ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारजनको सहयोगले धेरै अप्ठ्यारा काम सम्पादन हुनेछन्। कामबाट मनग्य फाइदा हुनेछ । धार्मिक काममा मन जानेछ । अरुको काममा समय व्यतित होला । आकर्षक व्यक्तित्वले अरुलाई प्रभाव पर्न जानेछ । लामो समय पछि पुरानो मित्र भेटिने हुँदा मनमा हर्ष जाग्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
मेहनेतले आम्दानिको दिगो स्रोत दिलाउनेछ । आफन्तहरुबाट नै धोका हुन सक्छ सतर्क रहनुहोला । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । परिवारको साथमा केहि समय विताउन पाइएला । गोप्य कुराहरु सार्वजनिक नगरेको राम्रो हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ।कृषि क्षेत्रमा फाइदा हुनेछ । परिवार र साथीभाईको साथ र सहयोगबाट लक्ष्य सम्म पुग्न सकिनेछ । घनिष्ट मित्रसँगको विछोडले मनमा खिन्नता उत्पन्न हुन सक्छ । प्रियजनसँग भने भेट हुनेछ ।