इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

सहयात्रा टिभी

काएरो । माघ–९, इजिप्टको सिनाइ क्षेत्रमा सेनाले गरेको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ । घटनाको इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । कारबाहीका क्रममा क्रममा सेनाका एक अधिकृत र ६ जना सिपाहीको मृत्यु भएको छ ।

उक्त कारबाहीका क्रममा सेनाले एक सय ४२ जना लडाकूलाई नियन्त्रणमा लिएको छ भने सेनालाई लक्षित गरी राखिएका दुई सय ४२ बमलाई निष्क्रिय पारिएको छ । इजिप्टमा इश्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई आन्दोलनको भरमा सन् २०१३ मा पदच्युत गरिएपछि उनको स्थानमा आएको नेतृत्वले मोर्सीका समर्थक तथा इश्लामिक आतङ्कवादी समूहसँग पटकपटक सङ्घर्ष भइरहेको छ ।

सिनाइ क्षेत्र इजिप्टको विद्रोही पक्षको राम्रो पकड भएको स्थान हो । उक्त क्षेत्रमा इजिप्टको इश्लामिक स्टेट समूह समर्थकहरूको प्रभाव क्षेत्र हो । सिनाइमा मात्रै सन् २०१८ को फेब्रुअरीपछि भएका झडपमा परी ८०० लडाकू तथा ३० सैनिकको मृत्यु भएको छ । रासस

प्रकाशित : 23 January, 2019

प्रतिक्रिया दिनुहोस्