सरकारको प्राथमिकता : संविधान र चुनाव, प्रवक्तामा कार्की

सहयात्रा टिभी

काठमाडौं । नयाँ सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ र पदभार ग्रहण गरेसंगै बसेको मन्त्रिपरिषद्को बैठकले संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्ने निर्णय गरेको हो । यस्तै, माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको छ । पुनःनिर्माण, चुस्तदुस्त सरकारी सेवा, आर्थिक विकास, शान्ति सुरक्षा र आपूर्ति लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।
बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्को प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्