दोस्रो चरणको निर्वाचनको सबै तयारी पूरा
सहयात्रा टिभी
काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचनको सम्पूर्ण तयारी सकिएको जनाएको छ । असार १४ गते निर्वाचन हुने ४३ जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता लगायतका निर्वाचन प्रक्रियाका सबै काम भैसकेको आयोगले जनाएको छ ।
निर्वाचन हुने ४ वटै प्रदेशका स्थानीय तहमा मत पेटिका, मतपत्र लगायतका निर्वाचन सामाग्री पुगीसकेको र आबश्यक कर्मचारी नियुक्तिको प्रक्रिया पनि सुरु भैसकेको छ ।
२ नम्बर प्रदेशका स्थानीय तहमा प्रक्रिया जारी रहेको आयोगले स्पष्ट पारेको छ । सो प्रदेशमा गृहमन्त्रालयको समन्वयनमा सुरक्षा अवस्था मजबुत पारिएको छ ।