साउदी राजकुमार जुवा खेलेर ५ श्रीमति हारे
एजेन्सी । एउटा गीत नै छ ‘न खेल्नु जुवा र तास, धनको नाश जीवनको बन बास’ । जुवा खेलेरै पाण्डवहरुको बनवाश भएको हो । अझैपनि जुवाबाट धेरैको घरवार उडेको छ । कहिलेकाहिं घरको सम्पत्ती सबै रित्याएर श्रीमति पनि हार्यो भन्ने कुरा किम्बदन्ती जस्ता लाग्थे । तर बिर्सिएर किम्बदन्ती जस्ता लाग्ने घटना अझै दोहरिन थालेका छन ।
जुवाको नशामा डुबेका साउदीका राजकुमारले जुवाको खालमा अरबौँ रुपैँया र ५ वटा श्रीमती गुमाएपछि यो चर्चा फेरि चुलिएको छ ।
राजाका भतिजले जुवाको खालमा ६ घण्टाको अन्तरमा २२ अर्ब रुपैँया र ५ वटी श्रीमती हारेका हुन ।
यो घटना समाजिक संजालमा ब्यापक छ । जब उनी ६ घण्टाको बीचमा २२ अर्ब रुपैँया हारे, त्यसपछि उनले श्रीमतीलाई पनि दाउमा लगाए । एउटी श्रीमतीको मूल्य थियो एक अर्ब ६० करोड रुपैँया ।
यी जुवाडे राजकुमार थिए प्रिन्स मजेद बीन अब्दुल्लाह अल सूद । यसअघि पनि उनको नाम धेरैपटक ड्रग्स र म्याच फिक्सिङमा पनि जोडिएको थियो ।
साउदीमा खासगरि, जुवामा पैसा सकिएपछि उँट जस्ता जनावरलाई दाउमा राख्ने चलन छ । राजकुमारले श्रीमति त्यो पनि पाँच–पाँच जनालाइ दाउमा लगाएपछि अरु चकित परेका थिए ।
समाचारलाइ बिभिन्न समाजिक संजाल र केही टेलिभिजन च्यानलले प्रसारण गरेपनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।