केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसईईको नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको भएपनि संशोधित शिक्षा ऐनअनुसार यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।

यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।  परीक्षामा सहभागि भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये १२ हजार  २ सय  ८४ जनाले ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेका छन् ।  यस्तै, ४२ हजार ४ सय २७ जनाले ३.२ भन्दा माथि देखि ३.६ जीपीए ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५० हजार ६ सय ४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१ हजार ९ सय ५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीए ल्याउने १ लाख ८ हजार ४ सय ६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५ सय ७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११ हजार २ सय ८५ रहेका छन् ।

२ सय १९ जनाको परीक्षा रद्ध गरिएको छ ।  परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो ।  अब सीभन्दा क।म ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन । गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउाथ्यो । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्