केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कैलालीको अत्तरियामा हर्न निषेध

सहयात्रा टिभी

कैलाली । काठमाडौं उपत्यकाको सिको गर्दै कैलालीको अत्तरिया बजारमा पनि हर्न निषेध गरिएको छ । धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

केही हप्ता हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जाने ट्राफिक कार्यालयले जनाएको छ । नियम उल्लंघन गरे रु ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।

धनगढीका केही क्षेत्रमा भने बिहीबारदेखि नै हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्