केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं महानगरपालिकामा लक्ष्य भन्दा डेढ करोड बढी कर संकलन

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी कर संकलन गरेको छ । चालु वर्षका लागि विज्ञापन करमा रु पाँच करोड लक्ष्य लिइएको थियो । आर्थिक बर्ष सकिन एक महिना बांकी रहंदासम्म रु ६ करोड ५५ लाख रुपैयां संकलन भैसकेको छ ।

महानगरपालिकका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख संकलन गरिएको थियो । केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै आएको छ । कारवाही बढाएपछि कर संकलन पनि बढेको हो ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्