केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झोलामा खोला बोक्ने १५४ जलबिद्यूत आयोजनाको निर्माण प्रक्रिया रद्द

सहयात्रा टिभी

काठमाडौं । विद्युत विकास विभागले लाइसेन्स लिएर पनि काम नगर्ने १ सय ५४ वटा साना जलविद्युत आयोजनाको निर्माण प्रक्रिया रद्द गरेको छ ।

काम नगर्नेहरुलाइ कारवाही गरिएकाले अब नयाँ आवेदन लिएर प्रक्रिया अघि बढाउने तयारी बिभागले गरेको छ । वर्षौदेखि आयोजना झोलामा राख्ने कम्पनीहरुले निर्माण गर्ने भन्दा पनि आफुले पाएको लाइसेन्स अन्यलाई बेचेर ब्यापार गर्दै आएका थिए ।

विभागले २०७३ को चैत २४ गतेसूचना जारी गर्दै ३५ दिनभित्र प्रगति विवरण बुझाउन ती कम्पनीहरुलाइ निर्देशन दिएको थियो । तोकिएको समयभित्र प्रगति बिबरण नआएपछि बिभागले लाइसेन्स रद्द गरेको हो ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्