केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नम्बर १, ५ र ७ का लागि निर्वाचन तयारी पूरा

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले पत्रकार सम्मेलन गरी प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सवै तयारी पूरा भएको र अबपनि निर्वाचन हुन्न कि भन्ने शंका नगर्न आग्रह गर्नुभयो । सुरक्षालगायतका सवै तयारी पनि पूरा भएको उहाँले बताउनुभयो ।

असार १४ गते एक महानगरपालिका, सात उपमहानगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुनेछन् ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्