फेसबुकमा रेणुलाइ गाली गर्नेबिरुद्ध किटानी जाहेरी
सहयात्रा टिभी
चितवन । भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जती गर्ने दुईजनाविरुद्ध उनका श्रीमानले मुद्दा दर्ता गराएका छन ।
श्रीमान् अनिलकुमार पाठकले किटानी जाहेरी दिएका हुन । पाठकले सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी दिएका हुन ।
ज्ञवाली र बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको थियो ।